सांकेतिक फोटो
काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का गरी ८ जना अधिकारीमाथि कारबाही सिफारिस गरेको पाइएको छ।
सरकारलाई बुझाइएको तर गोप्य राखिएको प्रतिवेदनको केही अंश सार्वजनिक भएपछि उक्त विवरण बाहिरिएको हो। सार्वजनिक विवरणअनुसार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेल लाई कारबाही गर्न सिफारिस गरिएको छ।
यसैगरी सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ र प्रहरी उपरीक्षक जीवन केसी लाई पनि कारबाहीको दायरामा ल्याउन आयोगले सुझाव दिएको छ।
आयोगका अनुसार सम्बन्धित अधिकारीहरूको भूमिकाका आधारमा कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरिएको छ।
