Premier Cables
Premier Steel

मौसम

कहाँ–कहाँ हुन सक्छ वर्षा र हिमपात ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान ७:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली छ।

बिज्ञापन

मंगलबार (चैत १०) दिउँसो कोसी प्रदेश लगायत पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ, जबकि तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। विभागले कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका यस्तै भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जनाएको छ। साथै, कोसी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम प्रायः सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा तथा अन्य यस्तै भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka