Premier Cables

मौसम

कोशी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आज कोशी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

विज्ञापन

त्यसैगरी मधेश प्रदेशमा आज आंशिक बदली रहनेछ। प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

रातिको समयमा भने कोशी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैबीच कोशी प्रदेशको पूर्वी तराई क्षेत्रमा आज बिहान बाक्लो हुस्सु लागेको र मौसम पूर्ण रूपमा खुल्न नसकेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka