काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने २० जनाको नाम टुंगो लगाएको छ । आइतबार (चैत १) सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ जना महिला रहने गरी २० जनाको नाम चयन गरेको हो ।
कांग्रेसका प्रवक्ता देवराज घिमिरेका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभामा कांग्रेसका कुल ६२ सांसद रहने भएकाले दुवै सदनमा कम्तीमा एकतिहाइ अर्थात् २१ जना महिला सुनिश्चित हुने गरी निर्वाचन आयोगमा नामावली सिफारिस गरिनेछ ।
उनले अहिले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि २० जनामध्ये १५ जना महिला अनिवार्य रूपमा समावेश गरिएको बताए ।
क्लस्टरअनुसार आदिवासी जनजाति र खसआर्यबाट ६/६ जना, मधेसी र दलितबाट ३/३ जना तथा मुस्लिम र थारू समुदायबाट १/१ जनाको नाम सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए । यसरी कुल २० जनाको सूची तयार गरिएको कांग्रेसले जनाएको छ ।
