Premier Cables
Premier Steel

राजनीति

बाल्यकालको सपना पूरा गर्दै सर्जन बनेकी तोसिमाको राजनीतिक यात्रा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | बिहान ८:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाल्यकालदेखि डाक्टर बन्ने सपना बोकेर अध्ययनमा तल्लिन भएकी एक चिकित्सकले सर्जनको रूपमा आफ्नो करियर सुरु गरिन्।

चिकित्सकको रूपमा काम गर्दै उनले देशका प्रतिष्ठित स्वास्थ्य संस्थाहरू धुलिखेल अस्पताल र पाटन अस्पतालमा सेवा दिइन्।

बिज्ञापन

उनले देशभरिका चिकित्सकहरूको मतबाट नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यमा दोस्रो ठूलो मतसहित निर्वाचित हुने अवसर समेत पाइन्। काउन्सिलमा रहँदा र अस्पतालहरूमा सर्जनका रूपमा काम गर्दा स्वास्थ्य क्षेत्रका विभिन्न समस्या र वेथितिहरू नजिकबाट देख्ने अवसर उनलाई मिल्यो।

स्वास्थ्य प्रणालीका ती चुनौतीहरू समाधान गर्न व्यापक तहबाट काम गर्नुपर्ने महसुस गर्दै उनले पाटन अस्पतालबाट राजीनामा दिई राजनीतिमा प्रवेश गरिन्।

सांसद बनेपछि उनले देशभरका करिब ६० जिल्लाको भ्रमण गर्दै जिल्ला अस्पतालहरूको अवस्था र समस्याबारे अध्ययन गरिन्।

उनका अनुसार राजनीतिमा लाग्नुको मुख्य उद्देश्य नेपालका बिरामीहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउन आफ्नो घरजग्गा बेच्नुपर्ने अवस्था अन्त्य गर्नु हो।

“खल्तीमा पैसा नभएको विपन्न बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भनिन्।

उनले भविष्यमा नेपालमा सबै नागरिकका लागि पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरिन्

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa