Premier Cables
Premier Steel

राजनीति समाचार

रविकाे मुद्दामा आइतबारदेखि सुनुवाइ

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सरकारी पक्षले अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवाइ सुरु गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्रै सर्वोच्च अदालतले आदेश सुनाउने अपेक्षा गरिएको छ ।

यसअघि महान्यायाधिवक्ता सविना भण्डारी बरालले रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्न तथा त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन् ।

उक्त निर्णयको विरोधमा सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी लगायत तीन जना तथा युवराज पौडेलले ती निवेदन दर्ता गरेका हुन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka