Premier Cables

राष्ट्रिय

रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्डको अग्रता

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | अपराह्न २:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वमा मतगणना जारी छ। भुमे र सिस्ने गाउँपालिकाका चार वडामा मतगणना सकिँदा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रता कायम राखेका छन्। उनी हालसम्म ५,९२४ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतम २,०९१ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापा ले १,७०९ मत प्राप्त गरेका छन्, मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल ले जानकारी दिएका छन्।

विज्ञापन

खानालका अनुसार अन्य उम्मेदवारहरूले पाएका मत यस प्रकार छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – लखन थापा: ५४३ मत

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) – सन्दीप पुन: १३२ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – रोशन शाह: ६५ मत

नेसनल मंगोल अर्गनाइजेसन – ज्योती रोकामगर: ४८ मत

नेसनल रिपब्लिक नेपाल – धर्मकुमार बुढा: ४५ मत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – जुद्दबहादुर बुढामगर: ३५ मत

राष्ट्रिय जनमोर्चा – चन्द्रप्रसाद शाही: २० मत

जनता समाजवादी पार्टी नेपाल – शिरबहादुर बुढा: ३ मत

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka