Premier Cables

राष्ट्रिय

निर्वाचनअन्तर्गत समानुपातिकतर्फको कार्यक्रम सुरू

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | बिहान ८:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरू भएको छ।

समानुपातिक निर्वाचनमा सहभागी हुन आइतबार पहिलो दिन ३३ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि मंसिर २१ देखि २३ गतेसम्म समय तोकेर आह्वान गरेको थियो। सोही अनुसार पहिलो दिन ३३ दलले दर्ता गराएका हुन्।

विज्ञापन

श्रम संस्कृति, जनअधिकार, नागरिक सेवा, सार्वभौम नागरिक पार्टीलगायतका नयाँ दल पनि यसपटक समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन्। दर्ता भएका दलहरूको आधिकारिक सूची मंसिर २४ गते प्रकाशित हुनेछ।

आवेदन स्वीकृत दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारहरूको बन्द सूची पेश गर्नुपर्नेछ। समानुपातिकतर्फ उम्मेदवारको अन्तिम बन्द सूची माघ ३० गते प्रकाशित गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधि सभामध्ये समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने प्रावधान छ। प्रत्यक्षतर्फ भने माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सूची प्रकाशन हुनेछ। विरोध दर्ता गर्ने समय माघ ७ गते, उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते र नाम फिर्ता लिन पाउने समय माघ ९ गते तोकिएको छ। सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ।

आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दल आगामी निर्वाचनमा सहभागी हुँदैछन्। एकल निर्वाचन चिन्ह लिएर संयुक्त रूपमा भाग लिने ५ दल र अलगअलग प्रतिस्पर्धा गर्ने १०२ दलसहित कुल १०७ दलले निर्वाचन चिन्ह प्रयोग गर्नेछन्। आयोगले आजै १०७ दललाई निर्वाचन चिन्ह वितरण गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka