कोशीमा बुढ्यौली उमेरका उमेदवार कति ? डा. शेखर कोइराला पनि बुढाको सूचीमा
मंगलबार, माघ १३, २०८२ |
बिहान ११:२४ बजे
विराटनगरमा मनोनयन दर्ता गराउँदै शेखर कोइराला ।
विराटनगर । आउने प्रतिनिधि सभा निर्वाचनमा बुढा र पाका उमेदवारहरुको पनि उत्तिकै बाढी छ ।
कोसी प्रदेशमा सबैभन्दा बढी उमेरका एक जना उमेदवार ८३ वर्षका छन् । झापा निर्वाचन क्षेत्र नम्बर १ मा हिरण्य प्रसाद भट्टराई नेपाल मजदुर किसान पार्टीबाट चुनाव उठेका छन् ।
बिज्ञापन
ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा ८० वर्षीय उमेदवार शेरबहादुर खत्री राष्ट्रिय जनमोर्चाबाट उमेदवार छन् । त्यसपछि बुढ्यौली उमेरका उमेदवार मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका डा. शेखर कोइराला हुन् ।