Premier Cables
Premier Steel

राष्ट्रिय

जनताको मनमा घण्टी बसिसक्यो, अब मतपत्रमा बस्ने छः रावि लामिछाने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न ३:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको मनमा आफ्नो पार्टीको छाप परिसकेको दाबी गरेका छन्। उनले चुनावमा औपचारिक रूपमा छाप लगाउन बाँकी रहे पनि जनताको मनमा ‘घण्टी’ बसिसकेको उल्लेख गर्दै २१ गतेको मतदानले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै लामिछानेले सुदूरपश्चिमका समस्या समाधानका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए। राजनीतिक विसंगति अन्त्य गर्ने जनताको माग पूरा गर्न आफूहरूले पाँच वर्षे ‘कन्ट्र्याक्ट’ लिएर आएको उनको भनाइ थियो।

बिज्ञापन

उनले स्थिर र पाँच वर्षे स्थायी सरकारको अपेक्षा व्यक्त गर्दै भारतमा रोजगारीका लागि रहेका सुदूरपश्चिमका नेपालीहरूलाई मतदानका लागि स्वदेश फर्किन आह्वान गरे। परिवार पाल्ने बाध्यताले विदेशमा बस्नुपरे पनि सम्भव भएसम्म बिदा मिलाएर मतदानमा सहभागी हुन उनले आग्रह गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka