Premier Cables
Premier Steel

राष्ट्रिय

रविको मुद्दामा आज फेरि सर्वोच्चमा सुनुवाइ

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०९, २०८२  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सोमबार (चैत ९) पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय संशोधनसम्बन्धी फाइल अदालतमा बुझाएको थियो। सोही फाइलमाथि आज बहस चलिरहेको हो।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ जारी छ।

यसअघि पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। पछि उक्त निर्णय विवादमा परेपछि उनले सहकारी ठगीबाहेकका अन्य आरोपमा जोडिएका प्रतिवादीहरूमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधनमार्फत फिर्ता लिएकी थिइन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka