Premier Cables
Premier Steel

खेलकुद

नेपाल आर्मी झापा गोल्डकपको क्वाटर फाइनलमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ २५, २०८२  | साँझ ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड। नेपाल आर्मी डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३-० ले स्तब्ध पार्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

 

बिज्ञापन

खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए ।

 

 

आर्मीले अर्काे गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो ।

 

आर्मीले अर्काे गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए ।

 

खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलको अधिकांश समय बल नियन्त्रणमा राख्न सफल आर्मीले अरु गोल भने थप्न सकेन ।

 

तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन ।

 

चर्चका खेलाडीहरु आर्मीसामु निरीह बनेका थिए । खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल बनाए ।

 

उपाधिको दाबेदार मानिएको आर्मी यो रंगशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो ।

 

गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलोपटक नै उपाधि हात पारेको थियो । योपटक आर्मीसामु निरीह बन्दा चर्च ब्वाइज पहिलो चरणमै घर फर्किन बाध्य बनेको छ ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नविन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । सोमबारको पहिलो क्वार्टर फाइनल खेल झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने

छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka