Premier Cables
Premier Steel

खेलकुद

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपिएफ विजयी, फाइनलमा पुलिससँग विभागीय भिडन्त

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २२, २०८२  | राती ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।

खेलको सुरुवातदेखि नै दुबै टोली आक्रमणमुखी खेलशैलीमा उत्रिएका थिए । प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपिएफ दुवैले एकअर्कोको गोलपोस्टमा निरन्तर दबाब सिर्जना गरे । २६ औँ मिनेटमा एपिएफकी सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो । त्यसपछि २९ औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोलपोस्टमाथि गयो ।

बिज्ञापन

३९ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भलिप्रहार आर्मीकी डिफेन्डरले रोकिन् । त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो ।

दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो । ५८ औँ मिनेटमा रश्मिकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन् । तर, ६३ औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन् ।

८१ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो । तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन् ।
आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन् ।

असाधारण प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । दुई विभागीय टोलीबीचको यो भिडन्त झापा महिला गोल्डकपको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka