काठमाडौं । आईसीसी ट्वान्टी-२० क्रिकेट विश्वकप २०२६ अन्तर्गत नेपालविरुद्धको खेलमा इंग्ल्यान्डले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।


आइतबार भारतको मुम्बईस्थित वानखेड़े क्रिकेट रंगशालामा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
दुवै टोली विश्वकपमा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । नेपालले एसिया–प्यासिफिक छनोट चरणमा अपराजित रहँदै विश्वकपको टिकट सुरक्षित गरेको थियो ।
यो पनि पढ्नुहोस
उता, इंग्ल्यान्ड भने सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा सुपर–८ चरणमा स्थान बनाउँदै सोझै छनोट हुने प्रावधानअन्तर्गत २०२६ को विश्वकपमा पुगेको हो ।













