२०८२ जेठ ०८, बिहिबार
Premier Cables

समाचार

प्रिमनसुन सुरु नहुँदै देशभर किन भरहेछ अत्याधिक वर्षा ?

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 7:56 AM

काठमाडौं । यो वर्ष प्रिमनसुन शुरु नहुँदै देशका विभिन्न भूभागमा औसतभन्दा वर्षा भइरहेको छ । आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा हल्का तथा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

संघीय राजधानी काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा पनि बिहानको राति वर्षा भएको छ । पानी परेका कारण मौसम चिसिएर गर्मीको महसुस छैन । तर, यस पटक प्रिमनसुन सुरु नहुँद किन यति धेरै वर्षा भई रहेको छ ? आम रुपमा अहिले यही प्रश्न उठिरहेको छ । केही कम भए पनि एकाध स्थानमा वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

बिज्ञापन

“अहिले काठमाडौंका केही स्थानमा वर्षा भइरहेको छ, कतिपय भागमा कम भएको छ” मौसमविद् आर्याल भन्छन्, “अपरान्ह समय मौसम खुले पनि त्यसपछि पुनः बदली भएर वर्षा हुने सम्भावना छ ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विभागले जनाएअनुसार राति कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभरका धेरै स्थानमा बादल बनेर वर्षाको सम्भावना रहेको मौसमविद् अर्याल बताउँछन् ।

बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने सिस्टम विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको उनको भनाइ छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर