Premier Cables
Premier Steel

राजनीति

झापा ५ के-को हुन्छ इपिसेन्टर: ओली

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न २:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिमा पनि पार्टी चुनावमा सहभागी हुने स्पष्ट पारेका छन्।

सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शान्ति सुरक्षाको अवस्था अझै सन्तोषजनक नभएको आरोप लगाए। “हामी जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ,” उनले भने, “त्यस्तो अवस्था भने अझै बनिसकेको छैन।”

बिज्ञापन

सरकारले शान्ति सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै ओलीले विभिन्न अपराधका घटनाहरू निरन्तर भइरहेका दाबी गरे।

झापा–५ लाई ‘इपिसेन्टर’ भनिएको विषयमा पत्रकारको प्रश्नमा ओलीले असहमति जनाउँदै भने, “केको इपिसेन्टर ? वाहियात कुरा कसले भन्यो ?”

ओली आजै गृहनगर दमक पुगेर अपराह्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। झापा–५ बाट काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग चुनावी प्रतिस्पर्धा हुन सक्ने चर्चा पनि चलिरहेको छ। बालेनले आइतबार मेयर पदबाट राजीनामा दिइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa