Premier Cables
Premier Steel

विराटनगर

बाल सुधार गृहमा १९० बालकसँग नयाँ वर्षको उत्सव मनाइयो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ४:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहमा नयाँ वर्षको अवसरमा १९० जना बालकहरूसँग आत्मीयता, स्नेह र सेवा भावका साथ नयाँ वर्षको उत्सव मनाइएको छ। नयाँ वर्षको खुसी बालकहरूसँगै बाँड्ने उद्देश्यले रोटरी क्लब अफ डाउन टाउनद्वारा विशेष सेवा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमअन्तर्गत प्रत्येक बालकलाई नास्ता प्रदान गरिएको थियो। साथै, स्वास्थ्य र पोषणलाई ध्यानमा राख्दै प्रत्येक बालकलाई सुन्तला वितरण गरियो।

बिज्ञापन

जाडो मौसमलाई मध्यनजर गर्दै सबै बालकहरूलाई रजाइँ वा ज्याकेटमध्ये एक-एक प्रदान गरिएको थियो। उपहार पाउँदा बालकहरूको अनुहारमा देखिएको खुशी र उत्साहले कार्यक्रमलाई अझ भावनात्मक र अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमको विस्तृत जानकारी सेवा अध्यक्ष स्नेहा अटलले साझा गर्दै यस किसिमका नयाँ वर्षका कार्यक्रमहरूले बालकहरूमा अपनत्व, आत्मविश्वास र सकारात्मक सोचको विकास हुने बताइन्।

कार्यक्रमको सम्पूर्ण समन्वय क्लब अध्यक्ष गिरिजा सार्डा, क्लब मेन्टर किरण कर्ण तथा सचिव पूनम राठीको नेतृत्व र सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको हो।

आयोजकले भविष्यमा पनि बाल सुधार गृहका बालकहरूसँग यस्तै स्नेहपूर्ण उत्सवहरू मनाउँदै निरन्तर सेवा कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka