Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय शुरु गर्न संघको सहजीकरण

Calendar मंगलबार, पुष १५, २०८२  | साँझ ४:५० बजे

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ ।

मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् ।

बिज्ञापन

यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा.सन्देशदास श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रा.लि.को कन्सेप्ट प्रस्तुत गरेका थिए । खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामग्री आपूर्ति गर्ने आइडिया उनले पिच गरे । पाँच वर्षमा देशका सबै महानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए ।

इलाम सूर्योदयका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए ।
विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्न सम्बन्धी आफ्नो गफसप ब्रान्डको विषयमा आफ्नो प्रस्तुति दिए ।
झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आईडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरु पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताब प्रेमीहरुलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।


मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चर सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड वेभरेज सम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आईडिया पिच गरेका थिए ।

विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ पढाईका लागि सम्पूर्ण पाठ्य सामग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आईडिया शेयर गरेका थिए ।

मोरङ उद्योग व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आईडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । प्राप्त आईडियाहरुमध्ये लाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यसको सहजीकरण आईडिया स्टुडियोले गरेको थियो ।

एक्स्पोमा हरेक थिमेटिक सेसन संचालन हुंदै आएको छ । मंगलबारको छलफलको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्वपूर्ण भएको बताए । कार्यक्रममा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले प्रस्तुति दिएका थिए ।

जगन्नाथ महर्जनले आफूले बिजनेस गर्दाको अनुभव शेयर गर्दा नयाँ पुस्तालाई त्यसले फाइदा पुग्नसक्ने अपेक्षा गरेको बताउँदै भने,‘‘चीन र भारतको सफलता स्टार्ट अपको विषयमा लिएको नीतिकै कारणले हो ।’’ सरकार आफैंले स्टार्ट अपहरुलई फन्डिङ गरेर जसलाई चाहिएको हो त्यसलाई नै सहयोग पुग्ने गरेको बताए ।

भारतले समेत स्टार्ट अप जोनहरु संचालन गरेर खर्बौ रुपैयाँ लगानी गरेको दृष्टान्त सुनाउँदै नेपालमा सरकारले गरेको फन्ड निकै न्यून भएको र नीतिगत समस्या पनि रहेको सुनाए । वि.सं २०४० तिर घरमा सानो बेकरीको रुपमा खजुरीको शुरु भएको स्मरण गर्दै उनले आफू जन्मिएको चापाँगाउँमा कच्चीबाटो रहेको बिजुलीसमेत नभएको भन्दै दुर्गम काठमाडौबाट व्यापार शुरु गरेको बताए ।

उत्कृष्ट र सम्भावनायुक्त आईडियालाई व्यवसाय शुरु गर्न सहकार्य तथा सहजीकरण गर्दै संघले ब्रिजिङ गर्नेछ । रोजगारी सिजर्ना र आर्थिक वृद्धिका लागि यो महत्वपूर्ण पहल हुने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

अनुपम राठीको अध्यक्षतामा कार्यक्रम भएको थियो । राठीले बिजनेस इकोसिस्टमको विकास गर्न यस किसिमको छलफल आयोजना गरिएको बताए । उनले भने,‘‘व्यावसायिक यात्राका कठिनाईसँग जुध्दै सरकारलाई नीतिगत सुधारका लागि ध्यानाकर्षण गर्न पहल थालिएको हो ।’’

डा. मोहन सुवेदीले कुन दशकमा कुन व्यवसाय भन्ने कुरा हुँदै आएको छ । नयाँ नयाँ आइडियाले व्यवसायको रुप लिने भन्दै उनले ठूलाठूला र सफल भएका उद्यम सानो विचारबाट शुरु हुने बताए । उनले भने,‘‘नेपालमा समेत व्यवसायिक सफलता सानो प्रयासबाटै शुरु भएको देखिन्छ । यसबाट नै उद्यमशीलताको विकास हुने हो ।’’ पूँजीको अभावलाई समेत चिर्न सकिने भन्दै सुवेदीले अर्कोले जोखिम लिईसकेपछि प्रवेश गर्नुभन्दा आफै शुरुवात गर्नुपर्नेमा जोड दिए ।

आईडिया स्टुडियोका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अनिल बस्नेतले देशभरबाट आईडिया संकलन गरेर उत्कृष्टलाई व्यवसायको चरणसम्म लैजन सहयोग गर्दै आएको जानकारी दिए । उद्यमशीलतासँगै रोजगारी बढाउन मद्दत गर्दै आएको सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka