Premier Cables
Premier Steel

विराटनगर

विराट ट्रेड एक्सपोमा हरेक दिन थिमेटिक सेसन, बिहीबार महिला उद्यमशीलता, चुनौती र सम्भावनामा छलफल

Calendar बुधबार, पुष ०९, २०८२  | राती ८:५५ बजे

विराटनगर । विराट ट्रेड एक्सपोमा अर्थ वाणिज्यसंग  सम्बन्धित विविध विषयमा भोलि (बिहीबार ) बाट थिमेटिक सेसन संचालन हुंदैछ ।

एक्सपो स्थलमा विभिन्न विषयमाथि हरेक दिन विज्ञहरुको प्रस्तुति र त्यसमाथि छलफल हुने मोरङ उधोग व्यापार संघले जनाएको छ ।

बिज्ञापन

पहिलो दिन ‘महिला उद्यमशीलता, चुनौती र सम्भावना विषयमा छलफल हुने छ । यसमा प्रमुख वक्ता विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की रहेकी छिन् ।  

दोस्रो सत्रमा मेरो आवाज, मेरो कथा शीर्षकमा छलफल हुनेछ । तेस्रो सत्र महिला उद्यमशीलता: वर्तमानको आवश्यकतामा केन्द्रीत हुने छ ।

एक्सपोका संयोजक अनिल शारडाका अनुसार हरेक दिन फरक विषयमा छलफल हुने संघले जनाएको छ ।

यसमा आइटी, डिजिटल मार्केटिङ, वर्तमान कर प्रणालीमा व्यापारको वातावरण, पर्यटन उधम र अवसर, साना तथा मझौला उधम, नवप्रवर्तन उधम, टिभीटी स्नातकहरूलाई रोजगारीमा जोडी रोजगारी सिर्जना, नवप्रवर्तन, लगानी र समावेशी वृद्धि मार्फत व्यवसाय निर्माण जस्ता विषय छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka