Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी मन्त्रिपरिषद्ले गर्यो चार निर्णय

Calendar शुक्रबार, पुष ११, २०८२  | साँझ ५:२८ बजे

विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार आज बसेको बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ।

बिज्ञापन

त्यस्तै कोशी जनता आवास कार्यक्रम कार्यविधि लाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको छ ।

त्यस्तै सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ।

आजको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka