Premier Cables
Premier Steel

समाचार

बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

Calendar सोमबार, माघ ०५, २०८२  | बिहान ९:१५ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधाममा एउटै होटलमा बसेका छन्।

आइतबार साँझ जनकपुरधाम पुगेका बालेन शाह र विराटनगरबाट आएका पूर्वयुवराज पारस शाह यहाँस्थित ‘मिथिला यात्री निवास’ मा बास बसेको स्रोतले जनाएको छ।

बिज्ञापन

स्रोतका अनुसार पूर्वयुवराज पारससँगै उनकी धर्मपत्नी पूर्वयुवराज्ञी हिमानी शाह पनि सोही होटलमा रहेको बताइएको छ।

रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन बालेन शाह आजै हवाईमार्ग हुँदै जनकपुर आइपुगेका हुन्।

यता, पूर्व राजपरिवारका सदस्यहरू भने विराटनगर हुँदै स्थलमार्गबाट जनकपुरधाम आएको बुझिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka