Premier Cables
Premier Steel

राजनीति

रविको राहदानी दुरुपयोग सम्बन्धी मुद्दाको पेशी हुँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटको सुनुवाइ हुन लागेको हो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको कानुनविपरीत रहेको दाबी गर्दै पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिज्ञापन

२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यसअघि नै प्रहरी र सरकारी वकिल कार्यालयले पनि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

रिट निवेदक पौडेलले अमेरिकी नागरिक हुँदा हुँदै आफूलाई नेपाली नागरिक भनी पासपोर्ट निवेदन फारम भरेर नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर भएको स्पष्ट हुँदाहुँदै पनि महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण भएको जिकिर गरेका छन् ।

महान्यायाधिवक्ताले लामिछानेको राहदानी प्राप्तिमा आपराधिक मनसाय नरहेको निष्कर्ष आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निकालेको दाबी पनि रिटमा गरिएको छ । साथै, लामिछानेले उक्त राहदानी कुन–कुन समयमा र के–कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने माग गरिएको छ ।

रिटमा दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोगलगायत विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka