Premier Cables
Premier Steel

राजनीति

एमाले महाधिवेशन: नेतृत्व छान्न आज मतदान

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | बिहान ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली आज बिहान साढे ८ बजे सार्वजनिक गरिँदैछ भने मतदान मंगलबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

बिज्ञापन

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

दुवै नेताको नेतृत्वमा अलग–अलग प्यानल बनेका छन्। दुवै समूहले आफ्ना उम्मेदवारको समर्थनमा सूची वितरण गर्ने र प्रतिनिधिसँग प्रत्यक्ष मत माग्ने गतिविधि तीव्र पारेका छन्।

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बा गुरुङ उम्मेदवार छन्। यसै समूहका महासचिवका आकांक्षी प्रदीप ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। उनलाई उपाध्यक्षमा राख्ने प्रस्ताव अस्वीकार गरेपछि महासचिवमा शंकर पोखरेललाई पुनः दोहोर्‍याइएको छ।

उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार छन्। सुरुमा सचिवका लागि प्रस्तावित भट्टले उक्त पद अस्वीकार गरेपछि भानुभक्त ढकाललाई सचिवमा समेट्दै भट्टलाई उपमहासचिवमा राखिएको हो।

९ सचिवमध्ये बाँकी ८ पदका लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत उम्मेदवार छन्। पदाधिकारी पदमा आकांक्षी धेरै भएपछि केही नेताले ओली समूह छाडेका छन्।

यता ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ उम्मेदवार बनेका छन्। महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी छन्।

सचिव पदका लागि पोखरेल समूहबाट विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का र पुरुषोत्तम पौडेल उम्मेदवार छन्।

ओली समूहबाट असन्तुष्ट भएर बाहिरिएका नेताहरूलाई आफ्नो पक्षमा समेट्ने प्रयास पोखरेल समूहले तीव्र पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa