Premier Cables
Premier Steel

राजनीति

नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | अपराह्न ३:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेकी थिइन् । लगत्तै शपथग्रहण गराइएको हो ।

मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

को हुन् नवनियुक्त मन्त्रीहरू ?

कुमार इङ्नाम

इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं स्कूल अफ ल का प्राध्यापक कुमार इङ्नाम फौजदारी कानूनका विशेषज्ञ हुन् ।

उनले २५ वर्षदेखि त्यहाँ अध्यापन गराइरहेका छन् । २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्यापन शुरु गरेका उनका कैयौ शोधग्रन्थ प्रकाशित छन् ।

उनी नेपाल लगायत कैयौ मुलुकमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् । उनका दर्जनौ, पुस्तक, शोधन र अनुसन्धानात्मक लेख प्रकाशित छन् ।

प्राज्ञिक पृष्ठभूमीका इङनामलाई सरकारले भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

राजेन्द्रसिंह भण्डारी

भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व एआईजी हुन् । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदबाट अवकाश भएका थिए ।

उनी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)का संस्थापक प्रमुख समेत हुन् ।

उनी पछि नेपाल प्रहरी अध्ययन प्रतिष्ठानको पनि प्रमुख भए । उनी आफ्नो कार्यकालमा अनुसन्धानमा पोख्न प्रहरी अधिकारीको रुपमा चिनिन्थे ।

माधव चौलागाईं

चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उलेखक एवं अनुसन्धानकर्ता माधव चौलागाई कर्णालीसम्बन्धी अध्ययन र अनुसन्धानमा पोख्त छन् ।

उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका वारेमा लेखन गरिरहेका छन् । उनी कर्णाली उत्सव छलफल अभियान चलाइरहेका छन् । उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्छन् ।

श्रद्धा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् ।

उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) की राष्ट्रिय परियोजना संयोजक पनि हुन् ।

काठमाडौंकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत छिन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka