Premier Cables
Premier Steel

समाचार

कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि १९ दिन बन्द

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | बिहान १०:०७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज (शुक्रबार)देखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि मर्मतका लागि बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “नेपाल प्रहरी हेटौँडा–काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु वा गराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँछ ।” स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka