Premier Cables
Premier Steel

शेयर बजार

तीन हजार बिन्दुभन्दा माथि उक्लिएर घट्यो नेप्से

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | अपराह्न ३:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १८.४४ अंकले घटेर २९६४.२० बिन्दुमा अडिएको छ।

तीन हजार बिन्दुभन्दा माथि उक्लिएको नेप्से अन्तिममा ०.६१ प्रतिशतले घटेको छ।

बिज्ञापन

आज दिनभर ५ करोड ८६ लाख ५३ हजार ७ सय ६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ३७ रुपैयाँमा किनबेच भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ६३ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ।

करिब एक वर्षपछि बजारले ३ हजारको विन्दु पार गरे पनि अन्तमा घटेर बन्द भएको हो।

प्रि-ओपनिङमा २ अंकले बढेर २ हजार ९८४ बिन्दुबाट खुलेको बजारले दिउँसो १२ बजेर ५० मिनेट जाँदा ३ हजारको विन्दु पार गरेर ३ हजार १३ अंकमा पुगेको थियो । त्यसपछि भने बजार ओरालो लाग्दै अन्तमा घटेको छ।

आज समता घरेलु लघुवित्त र ट्रेड टावरका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका हिसाबले शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka