Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा प्राइम हस्पिटल खुल्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १४, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको अस्पताल चोकमा २५ बेड क्षमता भएको नयाँ प्राइम अस्पताल आजदेखि औपचारिक रूपमा संचालनमा आएको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका सनातन मण्डल नेतृत्वको समूहले पूर्व गोल्डेन अस्पतालको भवनमै आधुनिक सेवासहित प्राइम अस्पतालको सुरुवात गरेको हो।

बिज्ञापन

करीब ८ करोडको लगानीमा ७ जना लगानीकर्ताले स्थापना गरेको अस्पतालको उद्घाटन आइतबार निवेशकर्ताकै आमाहरूले रिबन काटेर गरेका थिए।

प्रारम्भिक चरणमै चिकित्सकको सक्षम टिमसमेत गठन गरिएकाले अत्याधुनिक र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्य रहेको अस्पताल पक्षले जनाएको छ।

अस्पतालमा हाल १५ जना विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूको टिमले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संचालक सनातन मण्डलले जानकारी दिए।

सेवाको सुरुआत संगै अस्पतालले आइतबारदेखि १५ दिनसम्म आउने बिरामीहरूलाई उपचारमा ५० प्रतिशत छुटको घोषणा गरेको छ।

स्थानीयवासीलाई सहज र किफायती उपचार सेवा दिने उद्देश्यसहित संचालनमा आएको प्राइम अस्पतालले स्वास्थ्य सेवामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka