हर्क साम्पाङ भन्छन्- ‘प्रधानमन्त्री बन्नकै लागि पार्टी खोलेको हुँ’
नोट: यो समाचार १ महिना अघिको हो
शुक्रबार, मंसिर १२, २०८२ |
अपराह्न १२:१७ बजे
फायल फोटो
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्ने लक्ष्यका साथ पार्टी स्थापना गरेको स्पष्ट पारेका छन् ।
श्रम संस्कृति पार्टीको संगठन घोषणा कार्यक्रममा सहभागी हुन ताप्लेजुङ पुगेका साम्पाङले पार्टी अरूका लागि नभई आफू नै प्रधानमन्त्री बन्नका लागि खोलेको बताएका हुन ।
बिज्ञापन
त्यहाँ आयोजित घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, “मैले अरूलाई प्रधानमन्त्री बनाउन भनेर पार्टी खोलेको होइन, म आफैं प्रधानमन्त्री बन्ने हो।”
साम्पाङले एक रुपैयाँसम्म पनि भ्रष्टाचार नगर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै टालाटुली गर्ने सरकारमा आफूलाई विश्वास नरहेको उल्लेख गरे । नेपाली जनताले आफ्नै नेतृत्वमा भरोसा गर्दै पार्टीलाई बहुमत दिनुपर्ने उनको भनाई थियो ।