Premier Cables
Premier Steel

खेलकुद

टी-२० विश्वकप २०२६: कुन-कुन टिम समूह ‘सी’ मा ?

Calendar बुधबार, मंसिर १०, २०८२  | बिहान १०:३७ बजे

विराटनगर । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।इंग्ल्यान्ड र वेस्ट इन्डिज पूर्वविश्व विजेता हुन् ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन् ।

बिज्ञापन

समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

भारत र श्रीलंमा विश्वकपमा सहआयोजक भारतले पहिलो खेलमा फेब्रुअरी ७ मा मुम्बईको वानखेडे रंगशालामा अमेरिकाविरुद्ध खेल्नेछ ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदावादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ मा फाइनल खेल हुनेछ । यो प्रतियोगिता भारत र श्रीलंकाका कुल ८ वटा उत्कृष्ट रंगशालामा आयोजना हुनेछ ।
समूह विभाजन

समूह ए: भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान

समूह बी: अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान

समूह सी: इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

समूह डी: दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानाडा, यूएई

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka