काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र तोकिएको समयमा सुरु हुन सकेन । एमाले नेताहरूका अनुसार आज (मंसिर २८) बन्दसत्र दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र आज बिहान साढे ७ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको थियो । तर, तयारी नपुगेका कारण बन्दसत्रको समय सारिएको हो ।
बिज्ञापन
यसैबीच, केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने तयारी गरिएको छ । पूर्वनिर्धारित नभएको उक्त बैठकपछि बन्दसत्र सुरु गरिने नेताहरूले बताएका छन् ।