Premier Cables
Premier Steel

समाचार

काठमाडौंद्वारा चितवनलाई १४३ रनको लक्ष्य

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १२, २०८२  | अपराह्न १:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जोन सिम्पसनको अर्धशतकको आधारमा काठमाडौं गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.४ ओभरमै सबै विकेट गुमाउँदै १४२ रनमा समेटियो।

बिज्ञापन

काठमाडौंका लागि जोन सिम्पसन सर्वाधिक ६० रन बनाए। २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। मिलिन्द कुमारले ४३ बलमा ३८ रन थपे। उनीहरूबीच तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी रहेको थियो। तर १७औँ ओभरमा सिम्पसन आउट भएपछि काठमाडौंका अन्य ब्याटर टिक्न सकेनन्।

१५ ओभरमा १०९/३ को अवस्थामा रहेको काठमाडौंले बाँकी ७ विकेट गुमाउँदासम्म मात्र थप ३३ रन जोड्न सक्यो।

चितवनका बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै काठमाडौंलाई आलआउट पारे। सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। रन्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा रवि बोपाराले एक विकेट झारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka