Premier Cables

अपराध

एनपिएलमा सट्टाबाजी: आठ भारतीय पक्राउ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | साँझ ६:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अनलाइन सट्टाबाजी गराएको आरोपमा आठ जना भारतीय नागरिक पक्राउ परेका छन्।

‘बेटाकुलर डट लाइभ’ नामक अनलाइन बेटिङ साइटमार्फत खेलको नतिजामा रकम लगाएको प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउ पर्नेहरूमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार तम्मिसेट्टी र सेखचन्द बसल रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अधिकारीहरूले जानकारी दिए।

उनीहरूको साथबाट १५ वटा मोबाइल फोन बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka