Premier Cables
Premier Steel

खेलकुद

बल्ल जित निकाल्यो जनकपुर बोल्ट्सले

Calendar मंगलबार, मंसिर १६, २०८२  | अपराह्न ३:२८ बजे

विराटनगर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा पहिलो जित हात पारेको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता दर्ता गरेको हो।

बिज्ञापन

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै चार विकेट गुमाएर पूरा गर्यो। जनकपुरका अनिल शाहले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनको आकर्षक अर्धशतक प्रहार गरे। त्यस्तै माज शदागदले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको विस्फोटक पारी खेले। आसिफ शेखले १८ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेटका क्षतिमा १७६ रन बनाएको थियो। चितवनका डेभिड मलानले ५४ बलमा ४ चौका र ५ छक्कासहित ८० रनको शानदार अर्धशतक प्रहार गरे। अर्जुन साउदले ३९ बलमा ५२ रन जोडे भने कप्तान कुशल मल्लले ३० रन योगदान गरे।

जनकपुरका कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए। यो जितसँगै जनकपुरले पाँच खेलपछि पहिलो अंक जोडेको छ भने चितवन राइनोजले पाँच खेलमा ४ अंकसहित प्रतिस्पर्धा जारी राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka