Premier Cables
Premier Steel

विराटनगर

विराटनगर आएर गृहमन्त्री लेखकको निर्देशन: १ महिना भित्र तस्करी रोक्नु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने चोरी निकासीजस्ता अपराधिक गतिविधिको न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा ३० दिनभित्र अनुभूति हुने काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

बिज्ञापन

देशको रक्षासहित जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले लागु औषधिको कारोबार, आत्महत्या, साइवर अपराध र सवारीसाधन दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुशासनमा जोड दिनुपर्ने गृहमन्त्री लेखकले धारणा व्यक्त गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका हरेक क्षेत्रमा देखिएको विकासँगै चुनौती पनि थपिएकाले त्यसतर्फ सुरक्षा निकायको विशेष ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

उनले कोशी प्रदेशमा जातीय र पहिचानवादीका कारण शान्ति सुरक्षामा केही समस्या सिर्जना भएको चर्चा गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसाथ गसिकेको नेपाली समाज अब एकात्मक व्यवस्थामा जान नसक्ने स्पष्ट गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण अवैध चोरी निकासी भई राजस्व चुहावट भइरहेकोतर्फ सुरक्षा निकायसहित राष्ट्रसेवक कर्मचारीको विशेष ध्यान जानुपर्ने बताए ।

सो अवसरमा सुरक्षा निकायका प्रमुख तथा जिम्मेवार अधिकृतहरूले शान्ति सुरक्षा, अमनचयन कायम गरी जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसहित राजश्व वृद्धि गर्न, प्रविधिको विकाससँगै थपिएको सुरक्षा चुनौती नियन्त्रण गर्ने सन्दर्भमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा गृहमन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्देशक हुतराज थापा, कोशी प्रदेशका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka