नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङसँग नजिक मानिएको ‘उज्यालो नेपाल पार्टी’ले नेतृत्व परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ विवरण बुझाएको छ।
मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा पेश गरिएको आयोगले जनाएको छ।
यसअघि गत साउनमा पार्टीले आयोगमा बुझाएको विवरणमा ज्ञानकुमार तामाङ अध्यक्षका रूपमा थिए, तर नयाँ समितिमा उनी साधारण सदस्यका रूपमा मात्र रहेका छन्।
सुरुवातदेखि नै कुलमान घिसिङको पार्टी भनेर चर्चामा आएको भए पनि आयोगमा बुझाइएको नयाँ ५१ सदस्यीय कार्यसमितिको सूचीमा उनको नाम समावेश छैन।
कोशी प्रदेशबाट केन्द्रीय समितिको सदस्यमा विभिन्न पेशाका व्यक्तिको नाम समावेश छ । पहिचानवादी नेता डेकेन्द्र सिंह थेगिम केन्द्रीय सदस्य छन् । कोशीबाट केन्द्रीय सदस्यमा ९ जना परेका छन् ।
