Premier Cables
Premier Steel

समाचार

कुलमान घिसिङको अपिल : ‘हामीले जितिसक्यौँ, अब संयमता अपनाऔँ’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | राती ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनकारीहरूलाई संयमित बन्न र अब देश निर्माणतर्फ लाग्न अपिल गरेका छन्।

मंगलबार साँझ काठमाडौंको बौद्धमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभामा सहभागी हुँदै उनले हालसम्म भएको क्षति यथेष्ट भइसकेको भन्दै अब शान्तिपूर्ण रूपमा अघि बढ्न आग्रह गरे।

बिज्ञापन

“सबैले संयम भएर अगाडि बढ्नुपर्छ। जति भत्काउने, जति गरिने थियो, त्यो गरिसक्यौं,” उनले भने, “अब हामीले निर्माणतर्फ लाग्नुपर्छ। देश हामीले नै बनाउनुपर्छ, भत्काएर मात्रै हुँदैन। हाम्रै करबाट बनेका संरचनाहरूलाई अब नबिगारौं।”

घिसिङले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

उनले सरकार चलाउने पक्षबाट राजीनामा आइसकेको उल्लेख गर्दै आन्दोलनले उपलब्धि हासिल गरिसकेको बताए। “सरकारका नेतृत्वकर्ताहरूले राजीनामा दिइसक्नुभयो। यस अर्थमा हामीले जितिसक्यौँ,” घिसिङले भने, “अब संयमता अपनाएर देशलाई अगाडि बढाउने बेला आएको छ।”

जेनजी पुस्ताको आन्दोलनको पहिलो दिन सोमबार प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट, मंगलबार, देशका विभिन्न स्थानमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa