Premier Cables
Premier Steel

विराटनगर

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार इन्सपेक्टर लम्साल र असई कटुवाललाई

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | साँझ ६:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ कोशी प्रदेशको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएका दुई प्रहरी अधिकारीहरूलाई ७० औं प्रहरी दिवस–२०८२ को अवसरमा ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार’ प्रदान गरिएको छ।

पुरस्कार प्राप्त गर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ का प्रहरी निरीक्षक राजन लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय, उदयपुर का प्रहरी सहायक हवल्दार विकास कटुवाल रहेका छन्। दुबै जनाले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र अनुसन्धानमा विशिष्ट कार्य गर्दै उल्लेखनीय भूमिका निभाएको आधारमा पुरस्कृत गरिएको हो।

बिज्ञापन

उनीहरूलाई २५/२५ हजार रुपैयाँ राशिसहितको चेक र प्रशंसा पत्र प्रदान गरिएको हो। पुरस्कार वितरण कार्यक्रममा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक **बद्री विक्रम थापा (गोदार)**ले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

१८ वर्षको उमेरमा सवारी दुर्घटनामा ज्यान गुमाएका आफ्ना छोराको स्मृतिमा बद्री विक्रम थापाले ट्राफिक प्रहरीहरूको मनोबल वृद्धिको उद्देश्यले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। सोही कोषबाट ६७ औं प्रहरी दिवसदेखि यो पुरस्कार वितरण सुरु गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले बद्री विक्रम थापालाई दोसल्ला ओढाई सम्मान समेत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka