Premier Cables
Premier Steel

विराटनगर

विराटनगर सातघुम्तीमा भारतबाट अवैध रूपमा ल्याइएको झन्डै १० लाख बराबरको लत्ताकपडा बरामद

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | बिहान ७:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–७ बाट प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको करिब ९ लाख ५७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

सोमबार बिहान नियमित चेकजाँचको क्रममा बरामद गरिएको उक्त सामानसँगै ५४ हजार रुपैयाँ बराबरको किराना सामग्री पनि फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार, बरामद गरिएका लत्ताकपडाका सामानहरु कुन अवस्थामा थिए, कहाँ लुकाइएका थिए वा कुन सवारीसाधन प्रयोग गरिएको थियो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

घटनासँग सम्बन्धित व्यक्ति फरार रहेको र बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

बरामद सामानको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka