Premier Cables
Premier Steel

कोशी प्रदेश

इलाम बाढीः ९१९ घरमा क्षति

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । असोज १८ गतेदेखि लगातार परेको अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार हालसम्म ९१९ घरमा क्षति पुगेको छ।

प्रशासनको विवरणअनुसार तीमध्ये २४३ घर पूर्ण रूपमा भत्किएका वा पुरिएका छन् भने ६७३ घरमा आंशिक क्षति पुगेको छ।

बिज्ञापन

विपद्को सबैभन्दा बढी असर सुर्योदय, इलाम, माइ, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा परेको हो। बाँकी प्रभावित क्षेत्र — सन्दकपुर, माङसेबुङ, रोङ र चुलाचुली गाउँपालिकाबाट विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रशासनले जनाएको छ। दुर्गम भौगोलिक अवस्थासँगै सडक क्षतिका कारण तथ्यांक संकलनमा ढिलाइ भएको स्थानीय तहहरू बताउँछन्।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार हालसम्म ७१८ जना नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। तीमध्ये ११ जना सामुदायिक भवनमा आश्रय लिइरहेका छन् भने ३८९ जना आफन्त वा छिमेकीको घरमा बसोबास गरिरहेका छन्। बाँकी पीडितहरू आंशिक क्षति पुगेका घरमा वा पाल टाँगेर आफ्नै जग्गामा बसिरहेका छन्।

स्थानीय प्रशासनका अनुसार राहत र उद्धार कार्य जारी रहेको छ भने पूर्ण विवरण आउन अझै केही दिन लाग्न सक्नेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka