Premier Cables
Premier Steel

कोशी प्रदेश

मन्त्री कुलमान घिसिङद्वारा इलामको निरीक्षण, तीनवटै सरकारले पुनर्निर्माण थाल्ने

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २५, २०८२  | अपराह्न १:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हालै बाढी र पहिरोबाट प्रभावित इलाम जिल्लाको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार इलाम पुगेका मन्त्री घिसिङले क्षतिको पूर्ण विवरण संकलन भइसकेको जनाउँदै पुनर्निर्माण कार्य शीघ्र सुरु गरिने जानकारी दिए।

उनका अनुसार जिल्लाभित्र रहेका १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ, तर ती आयोजनाहरू निकट भविष्यमै पुनः सञ्चालनमा आउने तयारीमा छन्। “इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिएकोले विशेष प्राथमिकताका साथ पुनर्निर्माण अघि बढाइनेछ,” मन्त्री घिसिङले बताए।

सिंचाइ, खानेपानी तथा सडक पूर्वाधारको पुनःनिर्माण पनि छिट्टै सुरु हुने मन्त्रीको भनाइ छ। “मेची राजमार्ग भोलिसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राविधिक टोलीले जानकारी दिएको छ,” उनले भने।

राहत, उद्धार तथा पुनःस्थापनाको काम तीनवटै तहका सरकारले संयुक्त रूपमा गर्ने उनले स्पष्ट पारे।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka