नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । जेनजी आन्दोलन भएको एक महिनापछि निवर्तमान गृहमन्त्री रमेश लेखक सार्वजनिक भएका छन् । उनले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आफूले गोली हान्ने आदेश नदिएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले ‘प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चा भएपनि त्यसो नभएको दाबी गरे । ‘‘यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’ उनले भने ।
लेखकले आन्दोलनका बेला घुसपैठ भएको विषय सत्य सावित हुँदै गएको बताए ।
‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ लेखकले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’
