






विराटनगर । विराटनगर महानगरपालिकाले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा दिन शुरु गरेको छ ।
अति आवश्यक सिफारिस गर्ने काम वडाहरूले समेत गरिरहेको र महानगरले राजश्व संकलनको काम शुरु गरेको हो ।
बुधबारबाट न्यायिक समितिको इजलास टेन्टबाट शुरु भएको उपमेयर शिल्पा कार्कीले बताइन् । महानगरको अन्य सेवा पनि शुरु भएको उनको भनाइ छ ।
कुनै पनि बिल्डिङमा रातो स्टिकर लगाउने अवस्था नरहेको भनि इन्जिनियरिङहरुले परीक्षण गरेर जानकारी दिएको बताइन ।
अहिले जुन अवस्थामा छ त्यो अवस्थामा सूचारु गर्न नमिल्ने योजना, स्वास्थ्य, राजश्वको काम भइरहेको र इजलासको काम पनि शुरु भएको जानकारी दिइन ।
भनिन्,”हप्तामा दुईवटा इजलासको काम शुरु भएको छ ।” सामाजिक विकास महाशाखाको काम समेत शुरु भएको बताइन् ।
विराटनगर महानगरपालिकामा आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलन भइसकेपछि आउने बताइन । उनले भनिन्,”हाम्रो १३ वटा वडाहरुमा पनि क्षति पुगेको छ ।”