Premier Cables

राष्ट्रिय

घटस्थापनाका दिन (भोलि) सरकार विस्तार हुँदै, महावीर पुन पनि मन्त्री बन्ने चर्चा

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | बिहान १०:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की सरकार विस्ताका लागि परामर्शमा छिन् । सरकारमा सामेल हुने प्रतिनिधिको नाम जने जीले बुझाएपछि सरकार विस्तारका लागि प्रधानमन्त्री कार्कीले परामर्श तीव्र बनाएकी हुन ।

भोलि घटस्थापनाका दिन सपथ गराउने गरी मन्त्रीहरुको नाम टुंग्याउने तयारी भइरहेको छ । जेन जीले पठाएका नाम र बाँकी मन्त्रीहरुको नाम लगभग टुंगिसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

विज्ञापन

एक दुई नाममा निर्णय लिन बाँकी रहेको र अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ। सरकारलाई समावेशी तथा जेनजीको प्रतिनिधिमूलक बनाउने प्रयासस्वरुप मन्त्रिपरिषद् बिस्तारमा केही ढिला भए पनि भोलिसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन । कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरुसँग छलफल गरेकी भएपनि जेनजीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको थियो ।

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन । यसैबीच राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक महावीर पुन पनि मन्त्री बन्ने चर्चा चलेको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka