Premier Cables
Premier Steel

विराटनगर

जलेको कोइराला निवास देखेर भावुक बने डा. शेखर, भने- घर खरानी भएपनि हामी पुनः उठ्ने छौं

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शनिबार दिउँसो आगजनीबाट ध्वस्त बनेको कोइराला निवासको निरीक्षणका गरेका छन् । उनले त्यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै कोइराला निवाससँग जोडिएको आफ्नो भावनात्मक अनुभव पनि बताए ।

कोइरालाले भने, “यो घरले सय वर्ष पुरानो इतिहास बोकेको थियो। म यहीँ जन्मिएँ, हुर्किएँ, पढेँ र डाक्टर बनेँ। आज त्यो इतिहास खरानी भएको देख्दा अत्यन्त दुःख लागेको छ।” उनले अगाडि थपे, “घर जले पनि लोकतन्त्रको जग कहिल्यै ढल्दैन। घरहरु जल्न सक्छन् तर तिनले दिएको योगदान कहिल्यै मर्दैन ।”

बिज्ञापन

कोइरालाले भग्नावशेष घरमै पत्रकार सम्मेलन गर्दै लोकतन्त्रका लागि कोइराला निवासको ऐतिहासिक योगदान स्मरण गरे। उनले निवासमा पीपीई किट भेटिएको भनी गरिएको प्रचारप्रति आक्रोश व्यक्त गर्दै भने, “अलिकति पनि सम्वेदना हुँदैन । के भन्न खोजेको हो ? कत्तिका घरमा पैसा भेटिएको भनिएको छ । देखिएको पनि छ तर के हो त्यो त सरकारले छानबिन गर्ला नी । ”

उनले आगजनीबारे निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरे र भने, “यो मेरो घर होइन, यो लोकतन्त्रको घर हो। कृष्णप्रसाद कोइरालाले राणाविरुद्धको आन्दोलन यहीँबाट सुरु गर्नुभएको थियो। राणा प्रधानमन्त्रीलाई फाटेको भोटो पठाउनु भएको थिो ।” घर पुर्ननिर्माणबारे आफ्ना भतिजाहरुसँग पनि छलफल गर्ने र त्यसलाई शुरु गर्ने बताउँदै आउँदो चुनाव यही घरमा बसेर तयारी गर्ने र लड्ने बताए ।

गणेशमान सिंहसँग जोडिएको एउटा पुरानो संस्मरण सुनाउँदै उनले कोइराला निवासले सधैं लोकतन्त्रको पक्षमा भूमिका खेलेको बताए। सिंह विराटनगरमा आउँदा राष्ट्र बैंकको गेस्ट हाउसमा बस्न चाहेपनि नोना आमाले बोलाएर राखेको र गिरिजाप्रसाद कोइरालालाई गाली गर्नुछ भने यहीँबाट गर्नु भनेको पत्रकारहरुलाई बताए । चुनाव छिट्टै हुने भन्दै उनले घरमै बसेर चुनाव लड्ने र यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आह्वान पनि गरे ।

संविधानबारे बोल्दै उनले राष्ट्रपति संवैधानिक बाटोमै हिँडेको तर संविधान केही हदसम्म ‘डिरेल’ भएको बताए। “अहिलेको सरकार निर्वाचनका लागि मात्र बनेको हो।’ कांग्रेस केन्द्रीय समितिले जे भन्छ, त्यो निर्णायक हुने भन्दै को व्यक्तिले के बोल्छ त्यसको अर्थ नहुने प्रस्ट गरे ।

उनले जेनजी आन्दोलन र भ्रष्टाचार छानबिन आयोगबारे पनि धारणा राख्दै सबै प्रक्रिया संविधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। “ जति जलाए पनि,हामी फेरि उठ्ने छौं ,” उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka