Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी सरकारको निर्णय: जेनजी मृतकका परिवारलाई एक लाख काजक्रिया खर्च दिने

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, असोज ०२, २०८२  | राती ८:१४ बजे

विराटनगर । जेनजी आन्दोलनपछिको पहिलो मन्त्रिपरिषद् बैठक बिहीबार कोशी प्रदेश सरकारले सम्पन्न गरेको छ।

बैठकले प्रदेशभित्र पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजनाहरू कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

बिज्ञापन

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनीहरूका परिवारलाई काजक्रियाका लागि एक लाख रुपैयाँ सहयोग दिने निर्णय पनि गरेको छ।

यो सहयोग आन्दोलनमा सहभागी भई निधन भएका व्यक्तिहरूको परिवारलाई मात्र उपलब्ध गराइनेछ, भनी आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिए।

त्यस्तै, आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको मूल्याङ्कन गर्न आगामी कात्तिक ९ गतेसम्मको समय सीमा तोक्दै, आवश्यक अध्ययन तथा प्रतिवेदन तयार पार्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको मन्त्री भण्डारीले बताए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka