आन्दोलनपछि पूर्वका सहर शान्त, युवाहरू सरसफाइमा सक्रिय
बुधबार, भाद्र २५, २०८२ |
बिहान ११:४३ बजे
विराटनगर । जेनजी आन्दोलनका कारण दिनौं तनावग्रस्त बनेका पूर्वका सहरहरू बिस्तारै सामान्यतर्फ फर्किँदैछन्। विराटनगर, इटहरी, दमक, बिर्तामोड र काँकडभिट्टाका बजार, सडक र यातायात सेवा पुनः सञ्चालनमा आएका छन्।
आन्दोलनमा सक्रिय रहेका युवाहरू अहिले सरसफाइ अभियानमा जुटेका छन्। उनीहरूले सडकभरि छरिएका ढुंगामुढा, टायर, प्लास्टिक र अन्य फोहोर हटाउँदै शहरलाई व्यवस्थित बनाउन काम गरिरहेका छन्।
बिज्ञापन
विराटनगर, इटहरी, दमक, बिर्तामोड र काँकडभिट्टामा युवाहरूले ‘सफा सहर, हरित सहर’ अभियान चलाएका छन्। स्थानीय बासिन्दा र व्यवसायीले पनि क्षतिग्रस्त संरचना मर्मतमा साथ दिइरहेका छन्।
कर्फ्यू हटाएसँगै सामान्य जीवन फर्किँदै छ तर आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षति पुनर्स्थापना गर्न समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ।