Premier Cables
Premier Steel

कोशी प्रदेश

बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा आगजनी

Calendar सोमबार, भाद्र २३, २०८२  | राती ८:३७ बजे

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

साँझ मुक्ति चोकमा भेला भएका युवा समूहले ढुंगा प्रहार गर्दै ट्राफिक कार्यालयमा आगो लगाएका हुन्। उक्त घटनाका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

बिज्ञापन

यसअघि, दिउँसो दमक र बिर्तामोडमा जेनजी समूहले व्यापक विरोध प्रदर्शन गरेका थिए। दमकमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर कमल गाउँपालिका–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन्। उनलाई गोली जांघमा लागेको जनाइएको छ।

दमक चोकबाट सुरु भएको प्रदर्शन नगरपालिकातर्फ अघि बढेसँगै तनाव चुलिएको थियो। प्रदर्शनकारीहरूले दमक नगर क्षेत्रका कैयौँ मोटरसाइकलमा आगजनी गरेका थिए।

बिर्तामोडमा पनि स्थिति उस्तै देखिएको छ। मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरूले केही समय बिर्तामोड नगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका थिए।

काठमाडौंमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भीडले नगरपालिकामा समेत आगजनीको प्रयास गरेका छन्।

नगरपालिकाको गेटमा आगो लगाइएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा नगरपालिकाको झ्यालका सिसाहरू तोडफोड गरिएको छ भने केही व्यक्तिहरू घाइते भएका छन्।

प्रदर्शन चर्किएपछि थप सुरक्षा बल परिचालन गरिएको थियो। भीड नियन्त्रणमा लिन प्रहरीले पुनः अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो।

स्थिति अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka