Premier Cables
Premier Steel

अपराध

झुम्का कारागारमा फेरि १० कैदी बिरामी, दुई सातामा ४ जनाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । झुम्का कारागारमा दुई साताको अवधिमा चार कैदीको मृत्यु भइसकेको छ भने हाल थप १० जना कैदी एकैपटक बिरामी परेका छन्। अचानक बिरामी परेका ती कैदीबन्दीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।

बिरामी पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, ठगी, लागूऔषध लगायतका विभिन्न मुद्दामा सजाय काटिरहेका कैदीहरू छन्। उनीहरूको अवस्था अहिले स्थिर रहेको प्रहरी स्रोतले जनाएको छ।

बिज्ञापन

उपचाररत कैदीहरूका सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब निरीक्षक भिमबहादुर बस्नेतको नेतृत्वमा १५ जना प्रहरी टोली खटाइएको छ।

यसअघि हिजो साँझ ५:३० बजे सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो। उनी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। अचेत भएपछि अस्पताल ल्याइएको यादवलाई डाक्टरले साँझ ६:११ बजे मृत घोषणा गरेका थिए।

त्यसअघि धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको उपचारको क्रममा मृत्यु भइसकेको छ। तीनैजनामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो।

झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ मा हाल १,७९४ जना कैदी रहेका छन्। पछिल्ला घटनाले कारागारमा स्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न उठाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka