Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका २० वर्षीय अनुभव बस्नेतको ‘रोबोटिक्स’ यात्रा

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र १३, २०८२  | साँझ ४:३२ बजे

विराटनगर । साँझपख विराटनगरको कुनै क्याफेमा गिटारको धुनमा गीत गाइरहेका अनुभव बस्नेत दिउँसो भने अफिसको डेस्कमा सोसल मिडिया ह्यान्डल गरिरहेका भेटिन्छन्। तर यी सबै परिचयभन्दा अलग, उनको ठूलो पहिचान हो-एक रोबोटिक्स उत्साही, जो नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेका छन्।

२० वर्षीय अनुभव पूर्वाञ्चल विश्वविद्यालयमा सूचना प्रविधि (आईटी) अध्ययन गर्दैछन्। उनी विराटनगर नर्सिङ होममा कार्यकारी भूमिकामा छन्, र फुर्सदमा रेस्टुरेन्टहरूमा गाउने गर्छन्। तर उनको सबैभन्दा ठूलो लगाव हो– रोबोट बनाउने र प्रतिस्पर्धा गर्ने।

बिज्ञापन

अनुभवको रोबोटिक्स यात्रा स्कुल जीवनदेखि सुरु भयो। आदर्श स्कुलमा पढ्दा उनले बनाएको हाइड्रोलिक जेसीबीले मेसिनप्रतिको मोह जगायो। त्यसपछि उनले ‘टिम डिस्ट्रक्टर’ गठन गरे, जसले रोबो वार्स, रोबो रेस र रोबो सकर जस्ता राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्‍यो।

सन् २०१९ मा भारतको टेक्नोजियन वर्ल्ड रोबोटिक्स च्याम्पियनसिप जस्ता अन्तर्राष्ट्रिय इभेन्टमा टोलीले भाग लियो। सुरुमा सेमिफाइनलमा आउट हुने र छनोट नहुने जस्ता चुनौतीहरू आए, तर तिनै अनुभवले टोलीलाई अझ परिपक्व बनायो।

अनुभव हाल भारतको प्रतिष्ठित IIT Guwahati मा अगस्ट २८-३० हुने ‘रोबो वार्स’ प्रतिस्पर्धाका लागि तयारीमा छन्। १५ केजी तौल समूहमा भाग लिन लागेका उनी यसपटक काठमाडौँका पवन शर्मासँग मिलेर सहभागिता जनाउँदैछन्। “पहिला अनुभव बटुल्न जान्थ्यौँ, अब पदक ल्याउने लक्ष्य छ,” अनुभवले बताए।

प्रत्येक प्रतिस्पर्धी रोबोट बनाउन झन्डै २.५ लाख रुपैयाँ लाग्छ। डिजाइन नेपालमै तयार भए पनि निर्माण भारतमा गराउनु पर्छ, किनकि नेपालमा आवश्यक मेसिन र प्रविधिको अभाव छ। पार्टपुर्जा, मोटर, इलेक्ट्रोनिक्स सिस्टमदेखि कन्ट्रोलरसम्मको सेटअप निकै खर्चिलो हुन्छ।

यति महँगो खेल धान्न अनुभवलाई दुई स्थानीय संस्था– विराट क्यान्सर इन्स्टिच्युट र लोटस प्लास्टिक्स एन्ड इन्डस्ट्रिज ले प्रायोजन गर्दै आएका छन्। उनले प्रतियोगिताबाट जितिएको पुरस्कार पनि व्यक्तिगत खर्चमा नलगाई रोबोटिक्समा पुनः लगानी गर्छन्।

अनुभव भन्छन्, “सरकारले पैसा नदिए पनि वातावरण त बनाइदेओस्।” नेपालमा रोबोटिक्सको विकासका लागि संरचनागत र नीतिगत बाधा प्रमुख छन्। रोबोटिक्स एसोसिएसन अफ नेपालले कार्यक्रम त गर्छ, तर तिनले निरन्तरता पाउन सकेका छैनन्।

उनको विश्वास छ, यदि नीति र लगानी अनुकूल भयो भने, नेपालबाट पनि विश्वस्तरीय रोबोटिक्स टिम तयार हुन सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka