Premier Cables
Premier Steel

समाचार

भारतबाट उपहारमा ल्याइएको मुर्रा राँगो मर्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा उपहारस्वरूप ल्याइएको मुर्रा जातको एक राँगो मरेको छ। साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा राँगो साउन ३० गते साँझ ६:३० बजे मृत्यु भएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराले जनाएको छ।

कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. महेन्द्र मल्लका अनुसार राँगोको मृत्यु भ्यागुते रोगका कारण भएको हो। “साउन १७ गतेदेखि बिरामी रहेको राँगोको परीक्षणपछि उपचार जारी थियो,” उनले भने, “तर साउन ३० गते साँझ मृत्यु भयो।”

बिज्ञापन

राँगोको मृत्युबारे थप अनुसन्धान गर्न कृषि मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको संयोजकत्वमा गठित समितिले पनि जाँचबुझ गरेको छ। पोस्टमार्टम रिपोर्टमा पनि भ्यागुते रोग देखिएको पुष्टि गरिएको मल्लले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो भारत भ्रमणको क्रममा १५ वटा मुर्रा जातका राँगा उपहारस्वरूप प्राप्त गरेका थिए। ती राँगाहरू २०८० मंसिर ६ गते बाँके जिल्लाको जमुनाहा नाकाबाट नेपाल भित्र्याइएको थियो।

उपहारस्वरूप ल्याइएका ती १५ वटा राँगामध्ये ७ वटा पोखराको राष्ट्रिय पशु प्रजनन् कार्यालयमा, ५ वटा लहानमा र बाँकी ३ वटा नेपालगन्जस्थित कार्यालयमा राखिएको थियो।

मुर्रा जातका राँगाको वीर्य प्रयोग गरेर कृत्रिम गर्भाधानमार्फत देशभर भैँसीको नस्ल सुधार गर्ने, दुग्ध र मासु उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ। आगामी पाँच वर्षमा यस्ता वीर्यको माग दोब्बर हुने र दश वर्षमा पाँच गुणासम्म वृद्धि हुने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa